Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा फिल्म चलेन, हाट चल्यो

हाम्रो कोशी आवाज
चैत्र २ २०७७, सोमबार
धरानमा फिल्म चलेन, हाट चल्यो

धरानः धरानको शिव सिनेमा हल फिल्म नचलेपछि विगत चार वर्षदेखि बन्द छ । तर त्यहाँ धरानको सोमबारे बजार (हटिया) लाग्न थालेको छ ।
धरानमा सामान्य आम्दानी हुनेहरूका लागि यो बजार छाताचोक छेऊको खाली जग्गामा लाग्दै आएको थियो । विशेषतः विपन्नका लागि भनेर चलेको यो बजार अहिले सामान्य आम्दानी हुनेदेखि अधिकांशका लागि सहज बन्दै गएको छ । छाताचोकछेऊमा भीडभाड बजार फिल्म हलअगाडि सरेपनि भीडभाडमा कमी छैन ।
‘सोमबारे बजार भनेर कहलिएको बजार थियो तर जग्गाधनीले मैले केही पनि पाइन भनेर निवेदन दिनुभयो’, धरान–१२ का वडाध्यक्ष टंकबहादुर राईले भने, ‘कुनै ठाउँमा व्यवस्थित गरे त्यो बजारमा सामान्य आम्दानी हुनेले उपभोग गर्न पाउने देख्यौं, त्यही भएर यो ठाउँ खाली देखेर यहाँ सारेका हौं ।’
यसअघि त्यहाँ बजार लाग्दा धरानका व्यवसायीले खुब विरोध गरेको र निवेदन पनि हालेको उनले बताए । ‘खासमा धरानका मुख्य सडक वा अन्य ठाउँमा रहेको व्यवसायीले सस्तोमा सामग्री बेच्छन् भनेर विरोध जनाए’, उनले थपे, ‘व्यवसायीको निवेदन पनि परेको थियो, व्यवसायीकै निवेदनका आधारमा बजार सार्ने वा हटाउने अवस्था थिएन तर जग्गाधनीले नै निवेदन हालेपछि यहाँ सारिएको हो ।’
सिनेमा हलका मालिकसँग छलफल र वार्ताको माध्यमबाट त्यहाँ लिजमा सारिएको उनले बताए । वडालाई केही फाइदा नभएपनि चतरालाइनमा चहलपहल बढ्ने हुनाले आफूले यो निर्णय गरेको उनले बताए । उनले सोमबार मात्रै होइन अन्य बार पनि त्यहाँ बजार लगाउने तयारी भइरहेको बताए ।
बजारमा सस्तो दरमा लत्ताकपडादेखि खाद्यान्न, जुत्ता–चप्पललगायत भाडावर्तनलगायतका सामग्री पाइन्छन् । मानिसहरुसँग पैसा नभएको र आर्थिक स्रोत पनि कम हुनेहरुका लागि यो बजार फिट हुँदै आएको व्यवसायी नितेश खनालले बताए । ‘यहाँ नै सरेपनि उपभोक्ताको कमी छैन, अहिले पनि भीडभाड छ ।’ उनले थपे । हुँदा खाने र हुने खानेहरुका लागि यो बजार सहज बनेको उनको भनाइ छ ।
सस्तो र सर्वसुलभ दाममा पाइने त्यहाँको कपडा किन्न धरानबासीहरु हाटमा आउने क्रम बढिरहेको उनी बताउँछन् । त्यहाँ धरान, इटहरीदेखि विराटनगरसम्मका व्यवसायी बिक्रीका लागि आउँछन् ।
सोमबारे बजारमा कपडा छान्दै भेटिएकी धरानकी सुप्रिया राईले आफू सुहाउँदो कपडा पनि भेटिएको सुनाइन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: चैत्र २ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend