धरानः धरानमा स्कुटी र मोटरसाइकल ठोक्किँदा दुईजना घाइते भएका छन् ।
धरान–९ बगैंचालाइनमा दुर्घटना भएको हो । घाइते हुनेहरुमा स्कुटीचालक धरान-१८ राज राई र पैदलयात्री धरान–१९ की टिका लिम्बू रहेका छन् । मोटरसाइकल चालक २२ वर्षीय शिवहरि केसी सामान्य घाइते भएका छन् । राजको मुखमा चोट लागेको भने टिकाको निधारमा चोट लागेको छ ।
बागमती प्रदेश ०२–०२४प२१५३ नम्बरको मोटरसाइकल र को३८प ६८४३ नम्बरको स्कुटी एकआपसमा जुधेका थिए । घाइतेको धरानस्थित विजयपुर हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । पैदलयात्रीलाई कसले ठक्कर दियो भन्नेबारेमा केही खुल्न नसकेको प्रहरीले जनाएको छ । स्कुटी, मोटरसाइकल र चालक शिवहरि प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए । तस्वीरः ब्लाष्ट