Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा आधुनिक बधशाला

हाम्रो कोशी आवाज
चैत्र ३ २०७७, मंगलबार
धरानमा आधुनिक बधशाला

धरानः धरानमा आधुनिक बधशाला सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।
धरानमा स्थानीय युवा व्यवसायीहरूको संयुक्त लगानीमा सुविधासम्पन्न र आधुनिक बधशाला सञ्चालन गर्ने तयारी गरेका हुन् ।
धरान उपमहानगरपालिका वडा नं. ६ पानबारीमा करिब २ करोड रुपैयाँको लगानीमा बधशाला निर्माण भएको हो । १ बिगाहा १२ कट्ठा जग्गा लिई बधशाला निर्माण थालिएको युवा व्यवसायी तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर जोनका सहसंयोजक मदन तामाङले जानकारी दिए । उनका अनुसार अहिले २२ दिनको ट्रायल चलिरहेको छ । ‘सञ्चालनको तयारी अन्तिम चरणमा छ, मेसिनको परीक्षण भइरहेको छ, मेसिनले काम गरे २२ दिनको ‘ट्रायल’ पछि लगातार सञ्चालनमा आउँछ ।’
उनले धरान र बराहक्षेत्रमा प्रधानमन्त्री कृषि परियोजनाबाट सहयोग मिलेको बताए ।
व्यवसायी जेन्टल लावतीले बधशालामा ४ जना युवा ब्यवसायीले लगानी गरेको बताए । बधशालामा सुमन चोम्जोङ, इन्द्र फोम्बोको पनि लगानी छ । धराने जनतालाई स्वास्थ्कर मासु दिनुका साथै धरानेहरुले बाटोमा नै जथाभावी रुपमा सुँगुर लगायतका मासु काटने हुँदा त्यस्ता प्रवृत्ति हटाउने र विभिन्न रोगहरुको महामारीबाट बचाउने उद्देश्यसहित यस्तो बधशाला सञ्चालनमा आएको हो ।
धराने कालो बंगुरको ब्राण्डलाई समेत स्थापित गर्दै लगिने र सोही बधशालाले नेपालमा पहिलोपटक मासुमा गुणस्तरीयताको छापसहित बजारमा बिक्री वितरणका लागि लागिएको सञ्चालक तामाङ बताउँछन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुनसरीको ५० प्रतिशत अनुदान सहयोगमा सो काम भएको हो ।
धरानमा बंगुरको मासु बढी उपभोग हुँदै आएको छ । हाल धरानमा ८० वटासम्म बंगरको बध हुँदै आएको छ । सबैभन्दा बढी सुँगुरको मासु खपत हुने धरानमा दैनिक रुपमा ४ देखि ५ हजार किलोको हाराहारीमा मासुको बिक्री वितरण हुँदै आएको छ ।
मानव स्वास्थ्यसँग प्रत्यक्ष असर पर्ने भएकोले बंगुरको मासु स्वास्थ्य सफा उपभोक्ताले उपभोग गर्न पाउने भन्ने उद्देश्यको साथ बंगुर बधशाला निर्माण गरिएको परियोजना कार्यान्वयन इकाई सुनसरीका प्रमुख दीपेन्द्र पोखरेलले बताउँछन् ।

प्रकाशित मिति: चैत्र ३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend