Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

श्रीमान-श्रीमती जो दार्जिलिङदेखि धरानमा ब्राउनसुगर बेच्न आइपुगेका थिए

हाम्रो कोशी आवाज
चैत्र ४ २०७७, बुधबार
श्रीमान-श्रीमती जो दार्जिलिङदेखि धरानमा ब्राउनसुगर बेच्न आइपुगेका थिए

धरानः श्रीमान-श्रीमती जो दार्जिलिङदेखि धरानमा ब्राउन सुगर (लागूऔषध) बेच्न धरान आइपुगेका थिए ।
भारत दार्जिलिङ बस्ने ३१ वर्षीय विशन घले र उनकी श्रीमती २२ वर्षीया पुण्य तामाङ जो धरानमा लागूऔषध बेच्न आएका थिए । बेच्न नपाउँदै प्रहरीले सुइँको पाएपछि उनी समातिएका थिए ।
उनीहरुलाई धरानस्थित तेह्रथुम होटल एण्ड लजको १०६ नम्बर कोठाबाट लागूऔषध ब्राउन सुगर ६ ग्राम ८० मिलिग्रामसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
‘लागूऔषध बेचबिखन गर्न आएको भन्ने सूचना आइसकेको थियो’, उनले भने, ‘त्यही सूचनाको आधारमा छापा मार्दा ब्राउन सुगर भेटियो ।’ उनीहरुको बसाइँ दार्जिलिङ मिरिक रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र ४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend