Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

२३ वर्षे युवाले दिए सयौंलाई रोजगारी

हाम्रो कोशी आवाज
चैत्र १२ २०७७, बिहिबार
२३ वर्षे युवाले दिए सयौंलाई रोजगारी

धरानः विज्ञान तथा प्रविधिले मानिसलाई नयाँ–नयाँ अवसर र रोजगारीको व्यवस्थित क्षेत्रसमेत पहिचान गरिदिएको छ । असिमित चाहना र आकांक्षालाई सम्बोधन गर्ने ध्येयका साथ मानिसले प्रविधिलाई सोही अनुसार नै अघि बढाएका छन् ।
कसरी नयाँ काम गर्ने र त्यसबाट कसरी फाइदा निकाल्ने भन्ने ध्येयका साथ अघि बढाइएका सोचहरु सफल भएका छन् । किनकी, अक्सर फरक तरिकाले काम गर्नेहरु नै सफल हुन्छन् ।
परम्परागत तरिकाले गरिने कामले कोही कसैलाई पनि सफल बनाउँदैन । केवल नयाँ तरिकाले गरिने काम र व्यवहारले नै मानिसका आवश्यकतालाई पूरा गर्न सहज बनाउँछ भने राम्रो आम्दानीसमेत गर्न सकिन्छ ।
प्रसंग हो, भारतको ।
एक २३ वर्षे युवाले शुरु गरेको स्टार्टअप व्यापारले उनलाई नाम र दाम दुवै दिएको छ । उनको ३ वर्षको कमाई झण्डै ३२ करोड रुपैयाँ बराबर भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बस्ने सनी गर्गको सफलताको कथा हो यो । उनले स्नातक दोस्रो वर्षमा अध्ययनको क्रममा विद्यार्थीको समस्या देखे र भोगे तथा त्यसलाई सम्झिए ।
उनले सन् २०१८ मै योरशेल नाकम एक स्टार्टअपको व्यवसाय सुरु गरेका थिए । जहाँ उनले विद्यार्थीलाई एक व्यवस्थित पीजीको सुविधा उपलब्ध गराएका थिए । तीन वर्षमा उनको कम्पनीको कुल कारोबार झण्डै २० करोड भारतीय रुपैयाँ अर्थात् ३२ करोड नेपाली रुपैयाँ बराबर हुन पुग्यो ।
कोरोना कहर शुरु हुनुभन्दा पहिले सन् २०१९ को नोभेम्बरमा सोही क्षेत्रमा नै काम गर्ने एक ठूलो कम्पनी स्टैजा लिभिङले उनको कम्पनी खरिद गरयो । त्यसबाट प्राप्त भएको पैसाबाट लकडाउनको समयमा उनले सन् २०२० मा अर्को काम शुरु गरे । उनको साथी शेफालीसँग मिलेर उनले अर्को नयाँ सटर्टअप ‘यो सर्कल’को काम शुरु गरे । त्यसको साथ साथमा उनले स्टार्टअप शुरु गर्नेहरुको मद्दत पनि गर्न थाले ।
सनी भन्छन् – ‘स्टार्टअपका मतलब हो, समस्याको पहिचान गर्नु, त्यसको समाधान गर्नु तथा त्यसको मनिटाइज गर्नु । मैले कलेजका कयौंको समस्या पत्ता लगाएँ । हैरानीका बारेमा सोध खोज गरेँ ।’
उनीहरुको साझा समस्या थियो पीजी । जब कुनै विद्यार्थी बाहिरबाट दिल्ली विश्वविद्यालयमा आउँछन् । उनीहरुको साझा समस्या हुन जान्छ आफू बस्ने स्थानको खोजी गर्नु । तथा पीजीको खोजी गर्नु त्यत्ति सहज काम भने पक्कै होइन ।

उनकै शब्दमा
मलाई लाग्यो, यो समस्या छ हामी समाधान गर्न सक्छौं । तर, त्यस समयमा भर्नाको समय केवल १५ दिन मात्रै बाँकी थियो । यदि म एप वा वेवसाइट बनाउनका लागि समय लगाउन थाले भने त्यो मौका मेरो हातबाट बाहिर जानेवाला थियो ।
यो कुरा सोचेर मैले केही साथीको सहयोग लिएँ । केही इन्टर्न हायर पनि गरेँ । फेरी केही पीजीसँग टाइअप पनि गरे । केही पोस्टर छपाएर सबै कलेजको बाहिर टाँस्न लगाए । हामीले तय गर्यौं कि विद्यार्थीलाई कलेजको भर्नामा सहयोग गर्यौं भने उनीहरुले हामीलाई अवस्य पनि सोध्नेछन् पीजी लिन कहाँ सही होला ? हामीले रणनीति बनाएर २० देखि २५ दिनमा यो काम गर्यौं । त्यस समय हामीले २५०० बढी विद्यार्थीलाई सहयोग गर्यौं ।
त्यसमध्ये हामीले ३०० लाई पीजी दिलायौं । उक्त २० दिनमा हामीले कूल रुपमा ७ लाख ५० हजार भारु मुनाफा गर्न सफल भयौं । जसलाई हामीले पीजी दिलायौं । उनीहरुले हामीलाई खुसी हुँदै सुनाए कि योरसेलको आइडिया असाध्यै राम्रो र प्रभावकारी छ ।
सन २०१७ को जुालईमा मलाई एक विद्यार्थीको फोन आयो । उनले भनेकी पीजी दिलाउँछु भनेर जुन कुरा गरिन्थ्यो नी, त्यो उनीहरुले पूरा गरेनन् । मानिसहरुले पनि त्यसबा बारेमा कुरा गरे । तर, मलाई थाहा थियो कि त्यसको खोजी गर्नु कुनै समस्या नै होइन ।
राम्रो नहुनु भने समस्या हो । सोही समयमा नै मलाई आइडिया आयो । उक्त व्यापारका लागि मैले प्रधानमन्त्री नरेन्द्र मोदीको स्टाण्डअप इन्डिया– सर्टअप इन्डियाको स्कीमबाट ३५ लाख भारु बराबरको ऋण लिएँ । केही पैसा बजारबाट व्याजमा लिएँ । र, १५० बेडबाट योर शेलको सूरु गरेँ । पहिलो वर्षमा असाध्यै राम्रै रेस्पोन्स आयो । व्यापार शुरु गरेको १५ दिनमै हाम्रो सबै सिट भरिए ।
हामीले भाडामा एक भवन, फ्ल्याट लिने गरेका थियौं । फेरी त्यसलाई फर्निश्ड गराउँथ्यांै । त्यसमा सेवा उपलब्ध गराउँथ्यौ । प्रतिबेडका हिसाबले हामी भाडामा दिन्थौं । योरशेलमा सनीको साथमा शेफी जैन, विशेष कुंगर तथा गौरव बर्मा संस्थापक थिए । जब मैले आफनो स्टार्टअप शुरु गरेँ । तब उनको भर्ना इन्डियन स्कूल अफ बिजनेशमा भएको थियो । तर, उनले स्टार्टअपका कारण भर्ना लिएनन् । सोही कारण उनको परिवार उनीसँग नराम्ररी रिसाए पनि ।
नोभेम्बर २०१९ को कुरा हो । हामीले स्टैजा लिभिङले सम्पर्क गर्यो । र, भन्यो– तिमीहरुले असाध्यै राम्रो काम गरिरहेको छौ । हामी चाहन्छौं कि एक आपसमा मिलेर काम गरौं । त्यस समय हामी कोही कसैसँग पनि मिलेर काम गर्ने सोचमा थिएनौं ।
किनकी हामी खडा गरेको कम्पनीले हामीलाई नाम र दाम दुवै दिएको थियो । जब हामीले स्टार्टअप बिक्री गरेका थियौं । त्यतिबेला पनि हामी खुसी थिएनौं ।
किनकी कुनै पनि काम जब राम्रो तरिकाले गर्छौ भने त्यसमा राम्रो नियत पनि राखिएको हुन्छ, त्यसो भएको खण्डमा हामीले सबैको साथ र सहयोग पनि पाउँछौ । लकडाउनको समयमा पनि हामी निराश भएनौं । किनकी स्टुडेन्ड हाउजिङ इन्डस्ट्र, रियल स्टेट तथा सेवा उद्योग सन् २०२० मा असाध्यै खराब अवस्थाबाट गुर्जनु पर्यो ।
पछिल्लो एई सर्किल नाम दिएर उनले अर्को स्टार्टअप पनि शुरु गरेका छन् । तयसमा भने स्टार्टअपमा आउने सबै खालका समस्या समाधानका लागि उनले प्रयास गरेका छन् ।
एईको अर्थ हो एनिथिङ एउण्ड एभरीथिङ । स्टार्टअप शुरु गर्न जे जस्ता खालका समस्या आउँछन्, त्यसलाई समाधान गर्नु । त्यसको मार्केटिङ, प्रोडक्सन, तथा अन्य सबै प्रकारको समस्याको समाधान दिने लक्ष्य राखिएको छ ।
सोचविचार गरेर नयाँ तरिकाले काम गरौं । काम गर्न अनुभव होइन, सोच भए हुन्छ । सोचलाई पूर्णरुपमा लागू गरौं । एक न एक दिन सफलता पाइन्छ । -एजेन्सी

प्रकाशित मिति: चैत्र १२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend