Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा स्कारपिओको ठक्करले गमधन राई घाइते

हाम्रो कोशी आवाज
चैत्र १४ २०७७, शनिबार
धरानमा स्कारपिओको ठक्करले गमधन राई घाइते

धरानः धरान-१३ मा स्कारपियोको ठक्करलए एकजना घाइते भएका छन् ।
धरान-१३ स्थित कोशी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे१च ५१३७ नं. को स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको प्र१–०२–०४४प १७२६ नं. को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट संखुवासभा शिलिचोङ–३ घर भई हाल धरान–५ बस्दै आएका गमधन राई घाइते बनेका छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
स्कारपियो र मोसा प्रहरी पोष्ट अमरहाटको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्कारपियो तीब्र गतिमा गुडाएका कारण दुर्घटनामा परेको हो ।
यस्तै, सुनसरीको इनरुवा १ स्थित भित्री पक्की सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को१ ज २६४४ न. को म्याजिकले विपरीत दिशाबाट जाँदै गरेको को१ह ५०७० न. को सिटी सफारीलाई ठक्कर दिई दुर्घटना हुँदा सफारी चालक भोक्राहा नर्सिङ–४ बस्ने बर्ष ४० को अलाउदिन सकिम गम्भीर घाइते बनेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सफारीमा सवार भोक्राहा नर्सिङ–६ बस्ने वर्ष ३० को चन्दन उराउ सामान्य घाइते बनेको प्रहरीले जनाएको छ । दुवै घाइतेलाई उपचारार्थ जिल्ला अस्पताल इनरुवा पठाइएको र दुवै सवारी साधन तथा म्याजिक चालक इटहरी–६ बस्ने वर्ष ४० को चित्रबहादुर श्रेष्ठ जिप्रका सुनसरीको नियन्त्रणमा, रहेको प्रहरीले जनाएको छ ।
यस्तै, इनरुवा–४ स्थित पूर्व पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख ५४३६ नं. को बसले पैदलयात्री सोही ठाउँका वर्ष २५ को किशन साहलाई ठक्कर दिँदा गम्भिर घाइते बनेका छन् ।
उनको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक सप्तरी भारदह–१ बस्ने वर्ष ३३ को कुन्दनदेव मिश्र जिप्रका सुनसरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र १४ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend