धरानः धरानबाट लागूऔषधसहित पक्राउ परेका युवा प्रहरीले सार्वजनिक गरेको छ ।
धरान–१५ बाट पक्राउ परेका दुर्गाबहादुर राईलाई इलाका प्रहरी कार्यालय धरानले सार्वजनिक गरेको हो । गणतन्त्र चौक बस्ने वर्ष ३० राईको घरको कोठामा खानतलासी गर्दा उनी बस्ने गरेको कोठाको टेबुलमा निलो हरियो कमरमा भिर्ने झोलाभित्र लुकाइछिपाइ राखेको अवस्थामा लागूऔषध फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
कालो टेपले बेरेर ३–३ वटाको सेट बनाइ राखेको अवस्थामा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । उनको झोलाबाट एभिल–६ एम्पुल, डाइजाल्याव–६ एम्पुल, लुपिजेसिस–६ एम्पुल समेत गरी जम्मा १८ (अठार) एम्पुल र ५ एमएल दरका सिरिन्ज ५ थान समेत फेला परी बरामद गरेको प्रहरीले जनाएको छ ।
लागूऔषधसहित पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।