धरानः धरान–९ मा चोरीमा संलग्न युवालाई प्रहरीले पक्राउ गरेको छ ।
धरान–१० का २४ वर्षीय राहुल राईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
दीपपथमा रहेको नेपाल ग्रिल उद्योगको हाताभित्रबाट ग्रेन्डर मेसिन, ड्रील मेसिन, साउण्ड बक्स, हुफर, वल्डिङ गर्ने चश्मा, कैची, पिलास, विभिन्न रेञ्चीहरु समेतका सामानहरु चोरी भएको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उनलाई सामानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनले बोकेको झोलाभित्रबाट एसइइ पायोनो लेखिएको डिजिटल अडियो प्लेयर हुफर थान १, एसइइ पायोनो लेखिएको साउण्ड बक्स थान २, तार जोडिएको रातो रङको पुरानो ग्रेन्डर मेसिन थान १ फरला परी बरामद गरी चोरी मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।