Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा आक्रमण गरी तीनजनालाई घाइते बनाउने युवा सार्वजनिक

हाम्रो कोशी आवाज
चैत्र २० २०७७, शुक्रबार
धरानमा आक्रमण गरी तीनजनालाई घाइते बनाउने युवा सार्वजनिक

धरानः धरान-११ मा सांघातिक आक्रमण गरी तीनजनालाई घाइते बनाउने युवा पक्राउपछि सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।
माओवादी केन्द्रका सचिव सुदर्शन श्रेष्ठ र अन्य दुईजना कामदार पचु उराव र आच्छेलाल उरावमाथि आक्रमण गरी घाइते बनाउने युवालाई सार्वजनिक गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनीहरुमाथि बिहीबार साँझ आक्रमण भएको थियो ।
पक्राउ पर्नेमा धरान–११ बस्ने वर्ष २८ को सुजन तामाङ, वर्ष २६ को प्रदीप तामाङ, वर्ष २० को समिर तामाङ रहेका छन् । उनीहरुको समूहले हातमा घरेलु हातहतियार समेत बोकी धरान–११ बस्ने वर्ष ३५ को सुदर्शनको घरमा प्रवेश गरी सुर्शन श्रेष्ठ, निजको बुबा वर्ष ६५ को कुलबहादुर प्रधान, दिदी वर्ष ४४ कि गोमा श्रेष्ठ तथा छिमेकी वर्ष ७० कि पार्वती राई समेतलाई घरेलु हातहतियारले प्रहार गरी सांघातिक आक्रमण गरी सख्त घाइते बनाएको पाइएको डिएसपी बस्नेतले जानकारी दिए ।
उनीहरुलाई तत्काल नियन्त्रणमा लिई ज्यान मार्ने उद्योग मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । धरान–११ मा बन्दै गरेको सहरी स्वास्थ्य केन्द्रको भवन निर्माणस्थलमा आक्रमण भएको हो । शुरुमा तीन चार जना युवा आएर ‘भैया’ शब्द प्रयोग प्रयोग गर्दै जिस्क्याएपछि झगडा भएको र ती युवाले आक्रमण गर्न थालेको स्थानीयबासीले बताएका छन् । सो भवन धरान–११ सिर्जना मार्गमा निर्माणाधीन अवस्थामा छ ।
छुट्याउन पुगेका सचिव श्रेष्ठ घर फर्किएपछि घरमै पुगेर समेत निर्घात कुटपिट गरिएको उनले बताएका छन् ।

प्रकाशित मिति: चैत्र २० २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend