Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पानी माग्दै धरानका मेयरलाई ज्ञापनपत्र

हाम्रो कोशी आवाज
चैत्र २२ २०७७, आइतबार
पानी माग्दै धरानका मेयरलाई ज्ञापनपत्र

धरानः जनता समाजवादी पार्टी धरान उपमहानगर समिति ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाएको छ ।
धरानेलाई जसरी हुन्छ सहजतरिकाले पानी पिलाउन माग गर्दै ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाएको हो । विभिन्न मागपत्रसहितको ज्ञापनपत्रमा प्रत्येक दिन न्यूनतम ८ घण्टा ७ मिटरको प्रेसरमा प्रत्येक घारामा पानी वितरण गर्नुपर्ने समाजवादीको माग छ । माग पूरा नभए आन्दोलनमा होमिने चेतावनी पनि दिइएको छ ।
ज्ञापनपत्रमा सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिसँग मिति २०७१–७ –२२ गते गरेको ११ बुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने, धरान उपमहानगरपालिकाले विज्ञ समिति निर्माण गरि धरान खानेपानी आयोजनाको निर्माणबारे टेक्निकल र आर्थिक अध्यन गरेर प्रतिवेदन धराने जनतामा सार्वजनिक गरिनुपर्ने, खानेपानी आयोजनाले निर्माण गरेको ७ वटा वेलबाट डिपिआर अनुसार ९२ लाख २० हजार लिटर पानी ट्याङकीमा प्रत्येक दिन उत्पादन गरी जम्मा गरेको सुनिश्चितता गर्नुपर्ने, हाल १ दिन बिराइ पानी वितरण गर्ने प्रणाली खारेज गर्नुपर्ने माग पनि राखिएको छ ।
यस्तै, सर्दु जलाधारको संरक्षणको लागि योजना निर्माण गरी सार्वजनिक गरी खानेपानी समस्या हल गर्ने यस सम्बन्धी दीर्घकालिन योजना बनाउँदै दिगो समस्या समाधान गर्नुपर्ने, पछिल्लो अवस्थामा निर्माण गरिएको २ वटा बेलको हालको अवस्थाको बारे यथार्थ सार्वजनिक गरी सो विषयमा छानविन समिति निर्माण गर्नुपर्ने, खानेपानीको चुहावट कम गर्ने वैज्ञानिक खानेपानी वितरण प्रणालीको नाममा करोडौं खर्च गरिएकोले खानेपानीको चुहावट कम गरि वैज्ञानिक वितरण प्रणालिको सुनिश्चितता गर्नुपर्ने माग पनि राखिएको छ ।
अहिले पनि धराने जनताले सहजरुपमा पानी खान नपाएकोमा ध्यानाकर्षण भएको जनाउँदै ज्ञापनपत्रमा दैनिक कम्तिमा १६ घण्टा पानी खुवाउने भनेपनि त्यो नसकेको र धराने जनताले शंकाको दृष्टिले हेरिरहेको जनाइएको छ । समाजवादीले खानेपानी संस्थानलाई ‘बोर्डमा सुटुक्क मर्ज’ गरेको जनाएको छ ।
‘जनता समाजवादी पार्टी समायोजन विरुद्ध रहेको छैन तर पपर्याप्तरुपमा खानेपानी खुवाउनुपर्छ भन्ने रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यति ठूलो (२२.२२ मिलियन डलर) लगानी गरेतापनि आम धराने जनताहरुले स्वच्छ र पर्याप्त मात्रामा खाने पानी नपाइरहेकाले यसको विस्तृत रुपमा अध्ययन तथा अनुसन्धान हुनपर्छ भन्ने हाम्रो माग रहेको छ ।’
विज्ञप्तिमा किन आयोजना सफलरुपमा निर्माण हुन सकेन, कमीकमजोरी के के रह्यो, यति ठूलो लगानी गरेको आयोजनाले धराने जनताको माग सम्बाबेधन गर्न सकेन र अब कसरी अगाडि बढ्छ भन्ने कुरा प्रत्याभूतिविना आयोजनाको बोर्डमा धरान खानेपानी संस्थानलाई समायोजना गर्नु धरानेलाई गुमराहमा राखेको समाजवादीको ठहर रहेको विज्ञप्तिमा जनाइएको छ ।
आयोजना भइसकेपछि कम्तिमा १६ घण्टा ७ मिटरको प्रेसरमा सन २०३१ सम्म पानी उपलब्ध गराउने प्रतिबद्धता गरेपनि अहिले नै त्यो फेल खाएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: चैत्र २२ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend