Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पक्राउ परेका युवा सार्वजनिक

हाम्रो कोशी आवाज
चैत्र २३ २०७७, सोमबार
धरानमा पक्राउ परेका युवा सार्वजनिक

धरानः धरानमा लागूऔषधसहित पक्राउ परेका युवा सार्वजनिक गरिएको छ ।
इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेका धरानस्थित भोटेपुलका वर्ष २७ को सबिन नेपालीलाई पक्राउपछि सार्वजनिक गरेको हो ।
सोमबार बिहान नेपाली बस्ने गरेको घर कोठाभित्र खानतलासी गर्दा कोठामा रहेको काठको पलङको घर्राभित्र लुकाई राखेको अवस्थामा सिल प्याक ६ बोत्तल डाइलेक्स डिसी, स्पास्मो प्रोक्जोभिन आर प्लस ३३६ टयाब्लेट फेला पारिएको डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
सो लागूऔषध बरामद गरी लागूऔषध कारोबारमा संलग्न सविनलाई पक्राउ गरी लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र २३ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend