धरानः शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।
बिहीबार तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज शुक्रबार ९ सय रुपैयाँले बढेर तोलाको ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको भाउ आज ८९ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको भाउ ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो बिहीबार तोलाको १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २० रुपैयाँले बढेर तोलाको १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
भाउ बढेपछि सुनचाँदी पसलमा चहलपहल कम देखिएको छ।