उदयपुरमा पक्राउ परेका फरार प्रतिवादी गोकर्ण कार्की ।
धरानः धरान-१० का २६ वर्षीय दिनेश खड्कालाई प्रतिबन्तिध औषधीसहित पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय धरानले उनलाई आइतबार बिहान पक्राउ गरेको हो । धरान–६ पानमारी स्थितबाट उनलाई प्रतिबन्धीत औषधी सिटाडोल ३४४ क्याप्सुल र स्पास्पेन ३३३ क्याप्सुलसहित पक्राउ गरिएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित औषधी आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग कार्यालय विराटनगर पठाइएको सो कार्यालयले जनाएको छ ।
उता उदयपुरमा फरार प्रतिवादी ब्राउन सुगरसहित पक्राउ परेका छन् । उदयपुर त्रियुगा नगरपालिका ११ का ३० वर्षीय गोकर्ण कार्कीलाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।
आइतबार विशेष सूचनाको आधारमा सोही स्थानबाट उनलाई लागूऔषध ब्राउन सुगर २ ग्राम १० मिलिग्राम, तौल नाप्ने डिजीटल मेसिन थान १, विभिन्न कम्पनीका मोबाइल थान १०, सिमकार्ड थान ९ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । गत माघ १६ गतेदेखि कार्की ब्राउन सुगर बिक्री वितरण मुद्दाको फरार प्रतिवादी समेत रहेको सो कार्यालयले जनाएको छ ।