Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अबदेखि आफ्नो जग्गाको नक्सा आफैं प्रिन्ट गर्न सकिने

हाम्रो कोशी आवाज
बैशाख २ २०७८, बिहिबार
अबदेखि आफ्नो जग्गाको नक्सा आफैं प्रिन्ट गर्न सकिने

धरानः अबदेखि आफ्नो जग्गाको नक्सा आफैं प्रिन्ट गर्न सकिने भएको छ । बिहीबारदेखि उपत्यकाका विभिन्न ८ वटा नाफी कार्यालयमार्फत् यस्तो काम थालिने भएको छ ।
देशभरका १२६ कार्यालयबाट प्रदान गरिने सेवालाई क्रमिक रुपमा प्रविधिमैत्री, छिटो र प्रभावकारी बनाउने उद्देश्यले अनलाइन प्रणाली विकास गरिएको नापी विभागले जनाएको छ ।
घर, भवन निर्माण वा खरिदबिक्री प्रयोजनका लागि जग्गाधनी नापी कार्यालय धाउन नपर्ने गरेर अनुकूल ठाउँबाट नक्सा प्रिन्ट गर्न मिल्ने प्रणाली विकास गरिएको विभागका सूचना अधिकारी दामोदर ढकालले बताए । अनलाइन प्रणाली ‘मेरो कित्ता’ मार्फत् सेवाग्राहीले सेवा लिन सक्ने उहाँको भनाइ छ । आजै प्रधानमन्त्री केपी शर्माले मेरो कित्ताको उद्घाटन गर्नेछन् ।

प्रकाशित मिति: बैशाख २ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend