Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्मार्ट सिटीका लागि डीपीआर तयार

हाम्रो कोशी आवाज
बैशाख २ २०७८, बिहिबार
स्मार्ट सिटीका लागि डीपीआर तयार

धरानः सरकारले स्मार्ट सिटीकारुपमा विकास गर्ने भनिएको स्थापनामा विभिन्न प्रस्ताव योजना अगाडि बढाएको छ । धनकुटा स्मार्ट सिटीमा इन्फर्मेशन, कम्युनिकेशन र टेक्नोलोजीको पूर्वाधार निर्माण प्रस्तवित योजना रहेको छ ।
धनकुटा स्मार्ट सिटीका लागि सडक निर्माणमा त्रिवेणीदेखि याक्चना सडक खण्ड (९.३५ किमी) रहेको छ ।
सो योजनाको भ्याटबोहेकको अनुमानित लागत ३३ करोड ३५ लाख ३८ हजार ६ सय २० रहेको छ भने भ्याटसहितको लागत ४५ करोड ६९ लाख ४७ हजार ९ सय १० रुपैयाँ रहेको छ ।
धनकुटा रिङरोड निर्माण (१०.४२६ किमी) को लागि भ्याटबाहेक ३७ करोड ४८ लाख २३ हजार २ स ५३ रुपैयाँ प्रस्ताव गरेकोमा भ्याटसहित ५१ करोड ३५ लाख ७ हजार ८ सय ५६ रुपैयाँ अनुमानित लागत रहेको छ ।
सरकारले आर्थिक वर्ष २०७३–७४ र २०७४–७५ मा शहरीकरणलाई व्यवस्थित गरी प्रत्येक शहरलाई त्यस क्षेत्रको केन्द्रको रुपमा विकास गरी नयाँ स्मार्ट सिटी विकास गर्ने उद्देश्य लिएको थियो ।
सरकारले आर्थिक वर्ष ०७३–७४ मा पहिलो चरणमा पाइलट प्रोजेक्टका रुपमा निजगढ, पालुङटार र लुम्बिनीलाई स्मार्ट सिटी बनाउने घोषणा गरेको थियो । आव ०७४–७५ मा १० वटा स्मार्ट सिटी थपेर १० पुरयाइएको हो । गोरखाको पालुङटार, स्याङ्जाको वालिङ, चितवनको भरतपुर, सिरहको मिर्चैया, रौतहटको चन्द्रपुर, दाङको तुल्सिपुर, काभ्रेपलाञ्चोकको काभ्रे, दैलेखको दुल्लु, डढेल्धुराको अमरगढी, कैलालीको टिकापुर र धनकुटा पछि थपिएका स्मार्ट सिटी हुन् ।
आर्थिक वर्ष २०७३–७४ मा पहिलो चरणमा ३ वटा र २०७४–७५ मा दोस्रो चरणमा १० वटा गरी १३ वटा स्थानमा नयाँ स्मार्ट सिटीको रुपमा विकास गर्ने भएको हो ।
स्मार्ट सिटीको अवधारणामा प्रदेशिक सन्तुलन, जनसंख्या समेत को सन्तुलनलाई विचार गरी विकासको कार्य शुरु गरिएको नयाँ शहर आयोजना समन्वय कार्यालयले जनाएको छ ।
हाल सो प्रस्तावित नयाँ शहरहरूमा वार्षिक रुपमा छुट्टाइएको बजेट अनुसार साइड–साइडमा कामहरू भइरहेको आयोजनाका निर्देशक रोशन श्रेष्ठ बताउँछन् ।
साथै, सरकारले १३ वटा नयाँ स्मार्ट सिटीहरूको लागि विभिन्न प्रस्तावित योजनाहरूको डीपीआर तयार भइसकेको छ ।
सरकारले १३ वटा स्मार्ट सिटीको अवधारणाका अनुसार ९ वटामा स्मार्ट सिटी निर्माण कार्यको लागि विभिन्न सडक खण्ड र पूर्वाधार निर्माणको प्रस्तावित योजना आइसकेको छ भने बाँकी चार वटा स्मार्ट सिटीको डिपीआर तयार हुन बाँकी रहेको जनाएको छ ।
तर, १३ वटै स्मार्ट सिटीको भने मास्टर प्लान तयार भइसकेको श्रेष्ठले बताए । डीपीआर तयार भई स्वीकृत भएका स्मार्ट सिटीहरूका लागि हरियो बेल्टस्, साइकल लेन, बस बे, यूटिलिटी डक्टका साथै अपाङ्ग व्यक्तिहरूको लागि सहज हुने गरी फुटपाथ र क्रसिङ हुनुपर्नेछ ।
साथै, स्मार्ट लाइट, स्मार्ट ट्राफिक लाइट, स्पिड, लाइट र ध्वनिक सेन्सर, डिजिटल होर्डिङ बोर्ड, सिसिटीभी क्यामेरा, डिजिटल इन्फर्मेशन बोर्ड र साइनेज र वेदर मनिटरिङ सिस्टमको व्यवस्था हुनुपर्ने आयोजनाले उल्लेख गरेको छ ।

प्रकाशित मिति: बैशाख २ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend