Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इनरुवाका स्कुल अर्को सूचना जारी नहुन्जेल र विराटनगरका स्कुल साताका लागि बन्द

हाम्रो कोशी आवाज
बैशाख ५ २०७८, आइतबार
इनरुवाका स्कुल अर्को सूचना जारी नहुन्जेल र विराटनगरका स्कुल साताका लागि बन्द

धरानः सुनसरीको इनरुवा नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । नगरप्रमुख राजन मेहताले सार्वजनिक सूचनामार्फत् विद्यालय तथा सभा समारोह बन्द गर्न भनेका हुन् ।
सुनसरी जिल्लाका सरोकारवालाहरुको छलफलबाट निष्कर्ष निकालेर विद्यालय बन्द गराउने निर्णय गरेको प्रमुख मेहताले सूचनामा उल्लेख गरेका छन् । कोरोना संक्रमणको जोखिम निकै बढेकाले विद्यालय बन्द गर्नुपरेको उनले उल्लेख गरेका छन् ।
विद्यालयसँगै नगरपालिकाले सभा समारोह, सम्मेलन, मेला तथा जात्राहरुमा पनि बन्देज लगाएको छ ।
उता विराटनगर महानगरपालिकाले एक साताको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
मेयर भीम पराजुलीका अनुसार बैठकले निर्णय गर्दै तत्काललाई एक साताका लागि महानगरभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिए । स्वास्थ्यमन्त्रालयको कोरोना संवेदनशील जिल्लाको सूचीमा मोरङ पनि छ ।

प्रकाशित मिति: बैशाख ५ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend