Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी गाउँपालिकाबाट हतियारसहित पक्राउ

हाम्रो कोशी आवाज
बैशाख ६ २०७८, सोमबार
कोशी गाउँपालिकाबाट हतियारसहित पक्राउ

सुनसरीः कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल भन्ने तालिम मन्सुरी रहेका छन् । उनलाई गत राति साढे ९ बजे अस्थायी प्रहरी पोष्ट शिवचौकबाट खटिएको प्रहरी टोलीले एकथान कटुवा पेस्तोल र २ राउण्ड गोलीसहित पक्राउ गरेको हो ।
मन्सुरी रोजा पर्व मनाउन ससुराली घर जुद्धगंजमा आएको अवस्थामा उनलाई विशेष सुराकका आधारमा पक्राउ गरी उनीमाथि खानतलासी गर्ने क्रममा हतियार र गोली फेला पारी बरामद गरिएको साथै उनीउपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख ६ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend