Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहक्षेत्रका १७ वर्षीय किशोर बुवाको हत्या अभियोगमा पक्राउ

हाम्रो कोशी आवाज
बैशाख ९ २०७८, बिहिबार
बराहक्षेत्रका १७ वर्षीय किशोर बुवाको हत्या अभियोगमा पक्राउ

चतराः बराहक्षेत्र–९ का १७ वर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् ।
यही बैशाख ७ गते उनले घरायसी विवाद हुँदा घरमा रहेको तपेश भाडाले आफ्नै बुबा ३८ वर्षीय उपेन्द्र पौडेललाई कोखामा हानी घाइते बनाएका थिए ।
घाइते उपेन्द्रको नोवेल अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनको मृत्यु पश्चात् उमेशलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बैशाख ९ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend