Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा किशोरीसँग आपत्तिजनक अवस्थामा भेटिएका गाउँपालिका अध्यक्षमाथिको अनुसन्धान जारी

हाम्रो कोशी आवाज
बैशाख ९ २०७८, बिहिबार
धरानमा किशोरीसँग आपत्तिजनक अवस्थामा भेटिएका गाउँपालिका अध्यक्षमाथिको अनुसन्धान जारी

धरानः धरानमा किशोरीसहित पक्राउ परेका गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई पाँचदिनको म्याद थप भएको छ ।
जर्बजस्ती करणीको आरोपमा समातिएका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष यादवलाई ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
‘सुनसरी जिल्ला अदालतबाट अनुसन्धानको लागि पाँचदिनको म्याद थप गरेका छौं’, डिएसपी ज्ञानेन्द्र बस्नेतले भने, ‘पाँच न्यायिक हिरासतमा राखेर अनुसन्धान हुन्छ ।’
पीडितकी आमा र दिदीले धरान आएर जबरजस्ती करणीमा जाहेरी दिएपछि प्रहरीले प्रक्रिया अगाडि बढाएको हो । पीडित किशोरीले पहिला शुरुपमा बियर खुवाइएको र करणी गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
बुधबार सरकारी गाडीमा धरान-१३ स्थित डुकु होटल आइपुगेका उनलाई स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । उनलाई प्रहरीको टोली पुगेर किशोरीसहित रङ्गेहात पक्राउ गरेको थियो । उनी ती किशोरीसँगै आपत्तिजनक अवस्थामा भेटिएका थिए ।
उनलाई इलाका प्रहरी कार्यालय धरानको टोलीले रङ्गेहात पक्राउ गरेको जनाइएको छ । स्थानीयले सरकारी गाडी देखेपछि शंका गरेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेर उनलाई पक्राउ गरेको थियो । उनले होटलमा युवतीको नाम सविना र उनको नाम सलिन शाह टिपाएका थिए ।

प्रकाशित मिति: बैशाख ९ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend