Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

परीक्षाअगावै प्रश्नपत्र बाहिर

हाम्रो कोशी आवाज
बैशाख १२ २०७८, आइतबार
परीक्षाअगावै प्रश्नपत्र बाहिर

विराटनगरः परीक्षा हुनु पहिले नै प्रश्नपत्र बाहिर ल्याएको भन्दै प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।
इन्जिनियरिङ संकायतर्फको बीई दोस्रो सेमिस्टारको फिजिक्स विषयको मूल प्रश्नपत्र परीक्षा पहिले नै बाहिरिएको थियो । अनुसन्धानका क्रममा फोटोकपी गर्ने कर्मचारीले सामाजिक सञ्जालमार्फत् प्रश्नपत्र बाहिर ल्याएको पाइएको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका ४४ वर्षीय कोमलप्रसाद गौतम, संखुवासभाको मादी गाउँपालिका ६ का ३५ वर्षीय गोपाल कार्की, रुपन्देही तिलोचन नगरपालिका १२ का ३० वर्षीय विजय पोखरेल, गोर्खा भिमसेन थापा गाउँपालिका १ का ३२ वर्षीय मिनप्रसाद भट्ट र गोर्खा गण्डकी गाउँपालिका ३ का ३१ वर्षीय भरत पाठक रहेका छन् ।
यस्तै, गोर्खाकै गोर्खा नगरपालिका–४ का २६ वर्षीय विकास खड्का, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ४ का २८ वर्षीय निर्मल खड्का, महोत्तरी रामगोपालपुर नगरपालिका ९ का २९ वर्षीय नानिपथ मण्डल, सप्तरी वोदेवरसाइन नगरपालिका ७ का २९ वर्षीय जीवनकुमार यादव र सप्तरीको अग्नीसायर कृष्णसवरण गाउँपालिका ५ घर भई भक्तपुरको लोकन्थली बस्ने २६ वर्षीय महेश यादव रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मन्जिल मुकारुङले बताए ।
गत वैशाख ३ गते पूर्वाञ्चल विश्व विद्यालय गोठगाउँ मोरङमा हुन लागेको परीक्षाको प्रश्नपत्र पहिले नै बाहिरिएपछि विश्व विद्यालयले प्रहरीले अनुसन्धानका लागि आग्रह गरेको थियो ।

प्रकाशित मिति: बैशाख १२ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend