धरानः धरान-१६ का एक युवा लागूऔषधसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २३ वर्षीय निखिल जोशी रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
उनले धरान-२ भानुचौकस्थितमा चिया पसल गरी बस्ने र लागूऔषध समेत बिक्री वितरण गर्ने गरेको सूचना पाएलगत्तै आइतबार बेलुका ५ बजे वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोली जोशीको चिया पसलबाट लागूऔषध स्पास्मो प्रोक्जोभिन आर प्लस ६०० ट्याब्लेट बरामद गरेको उनले जानकारी दिए ।
बरामद गरिएको लागूऔषधसहित उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । –समाचारको शीर्षकमा भानुचोक हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।