धरानः तीब्र गतिमा हुइँकिएको मोटरसाइकल अनियन्त्रित बन्दा एकजनाको मृत्यु भएको छ ।
उपचारको क्रममा धनपालथान गाउँपालिका–५ दादरबैरियाका २२ वर्षीय मन्तोष सरदारको मृत्यु भएको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
पक्की सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को१४प ५१९९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक घाइते बनेका थिए ।
उनको कोशी अस्पताल विराटनगरमा उपचारपश्चात् थप उपचारको लागि नोवेल अस्पताल लगिएको र उनको त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल प्रहरी चौकी कर्सियाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।