Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा करेन्ट लागेर र तेह्रथुममा चटयाङ लागेर मृत्यु

हाम्रो कोशी आवाज
बैशाख १६ २०७८, बिहिबार
सुनसरीमा करेन्ट लागेर र तेह्रथुममा चटयाङ लागेर मृत्यु

सुनसरीः इटहरी–१२ खनार का २८ वर्षीय साजन सरदारको करेन्ट लागेर मृत्यु भएको छ ।
सोही स्थानका नरेन्द्र जोशीको घरमा ग्रिलको काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका सरदारको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो साढे २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
यस्तै, तेह्रथुम आठराई गाउँपालिका–४ कालिपा का ४६ वर्षीय लोकमान गुरुङको चटयाङमा परी मृत्यु भएको छ । बुधबार बेलुका सवा ६ बजे आफ्नै घरको बरण्डामा बसिरहेको अवस्थामा पानीसँगै परेको चटयाङमा परी घाइते भएका गुरुङको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय आठराईले जनाएको छ ।

प्रकाशित मिति: बैशाख १६ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend