धरानः धरान-११ बाट लागूऔषधसहित युवा समातिएका छन् ।
कुबिरता चौकस्थित घरमा भाडा लिई बस्ने वर्ष २८ को सुमन भन्ने रुद्रबहादुर मगरले घरमा लुकाई राखेको लागूऔषध गाँजा जस्तो पदार्थ ७०० (सातसय) ग्राम फेला परेकोले उक्त गाँजा बरामद गरी सुमन भन्ने रुद्रबहादुरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
उनलाई सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । उनले बाख्राको खोरमा सो गाँजाजस्तो देखिने सामग्री राखेको पाइएको प्रहरीले जनाएको छ ।
यस्तै, धरान–७ बाट धारिलो हतियारसहित युवा पक्राउ परेका छन् ।
वडा नं. ५ बस्ने वर्ष २१ को सुजन भुजेललाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाई ज्यान मार्ने उद्योगको वारदात घटाई फरार रहेका प्रतिवादी जिल्ला सुनसरी धरान उप–महानगरपालिका वडा नं. ४ वसन्तटार बस्ने अनन्त राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी आवश्यक कारवाहीको लागि सुनसरी जिल्ला अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।
धरान–१८ बीपी सुन्दरबजारस्थितमा ऐ. वडा नं. ११ बस्ने वर्ष २१ को मनिष राईलाई धारिलो हतियार छुरा प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका धरान–८ बस्ने वर्ष ३५ को सुरज लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमती प्रदान भएकोमा खोजतलासको क्रममा घरगाउँमा लुकीछिपी बसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।