Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

वीरबहादुर राईको कुटपिटबाट मृत्यु

हाम्रो कोशी आवाज
बैशाख १८ २०७८, शनिबार
वीरबहादुर राईको कुटपिटबाट मृत्यु

सोलुखुम्बुः थुलुङ दुधकोशी गाउँपालिका–७ का ६३ वर्षीय वीरबहादुर राईको कुटपिटबाट मृत्यु भएको छ ।
बैशाख १० गते राति १० बजेको समयमा स्थानीय ४६ वर्षीय शन्तुराज राई र वीरबहादुर राईबीच सामान्य घरायसी विषयमा विवाद भई झगडा हुँदा शन्तुराजले वीरबहादुरलाई कुटपिट गरी घाइते बनाएका थिए ।
घाइतेलाई उपचारको लागि बाँसबारी न्यूरो अस्पताल काठमाण्डौ लगिएकोमा उपचारको क्रममा १६ गते बेलुका मृत्यु भएको थियो ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली खटेर कुटपिटमा संग्लग्न रहेका शन्तुराजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: बैशाख १८ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend