विराटनगरः मोरङ ग्रामथान-५ बस्ने ३५ वर्षीय नरेश माझीको दुर्घटनाबाट मृत्यु भएको छ ।
शनिबार दिउँसो पौने १ बजे ग्रामथान-२ स्थितमा को१क ३३४५ नम्बरको टिपरले को२९प ४१७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक माझी गम्भीर घाइते भएकोमा उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
टिपर र चालक सुनसरी बर्जु-५ का जय नारायण चौधरी नियन्त्रणमा रहेका छन् ।
उता झापाको बिर्तामोड–४ का २० वर्षीय सन्दीप अधिकारीको दुर्घटनाबाट मृत्यु भएको छ । आज दिउँसो बिर्तामोड पारिजात टोलस्थितमा मे१ त ७००५ नम्बरको ट्रयाक्टर बालुवा अनलोड गर्नको लागि ब्याक गर्ने क्रममा टयाक्टरको डाला पल्टिँदा टयाक्टरमा रहेका सहचालक अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रयाक्टर र चालक सोही स्थानका अनिल खड्का नियन्त्रणमा रहेका छन् ।