ओखलढुंगाः चम्पादेवी गाँगपालिका–३ सिल्खुबेसीस्थित वर्षाका कारणबाट आएको पहिरोबाट ७ वटा चौपायाहरुको पुरिएर मृत्यु मरेका छन् ।
यस्तै, पहिरोमा ७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । दिउँसो पौने ४ बजे वर्षाको कारणबाट पहिरो जाँदा चम्पादेवी–३ सिल्खुवेसीका हरिप्रसाद सुवेदीको ३ वटा गाई, मोहन मगरको दुई वटा गोरू र मुनामाया बोगटीको २ वटा गाईको पुरिएर मरेको तथा ७ घरहरु जोखिममा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।