भोजपुरः भोजपुरको षडानन्द नगरपालिका–७ का २९ वर्षीय रुद्रबहादुर न्यौपाने अरुण नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् ।
शनिबार दिउँसो षडानन्द नगरपालिका–६ अरुण नदिको लम्सुवाघाटमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएसँगै प्रहरी टोली खटि गई स्थानीयवासी समेतको सहयोगमा खोजतलास भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।