धरानः धरानमा ७१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरान-१२ का संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । उनी दीर्घरोगी थिए ।
उनमा गत १९ गते कोरोना पुष्टि भएको थियो । बुधबार २ः३५ बजे उनको निधन भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनी गत १९ गते नै स्वासप्रश्वासमा समस्या आएपछि कोभिड अस्पताल भर्ना भएका थिए ।
उनका अनुसार शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।
योसँगै निषेधाज्ञापछि धरानमा तीनजनाको मृत्यु भइसकेको उनले जानकारी दिए ।