Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बोरा छोडेर भागेपछि चित्तलको आलो मासु भेटियो

हाम्रो कोशी आवाज
बैशाख २४ २०७८, शुक्रबार
बोरा छोडेर भागेपछि चित्तलको आलो मासु भेटियो

पथरीः मोरङको पथरीमा २५ केजी आलो मासु बरामद गरिएको छ ।
शनिश्चरे–१ स्थित मनकामना सामुदायिक वन क्षेत्र नजिकै वन्यजन्तु चित्तलको २५ किलो आलो मासु पथरी प्रहरीले बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी गस्ती टोलीले चित्तलको आलो मासु नियन्त्रणमा लिएको हो । दुईजना शिकारीले वन क्षेत्रबाट बोरामा हालेर ल्याउँदै गर्दा सडकमा प्रहरीको भेन आएको देखेपछि बोरा छाडेर भागेका थिए ।
प्रहरीले बोरा खोलेर हेर्दा सिकारीले चित्तल जङ्गलमै मारेर काटकुट गरी बोरामा हालेर ल्याएको अवस्थामा भेटेको प्रहरीले बताएका छन् । प्रहरीले सो बरामद गरिएको मासु बिहिबार बिहान सब डिभिजन वन कार्यालय पथरीलाई बुझाएको छ ।
वन कार्यालयले मुचुल्का उठाई  मासु मनकामना सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष दिनेश राई, शान्ति सामुदायिक वन उपभोक्ता समितिको उपाध्यक्ष हेमभक्त तमु, सिरिजंगा धार्मिक वनको उपाध्यक्ष सन्तोष लिम्बूलगायतको रोहोबरमा खाल्डो खनी गाडेको सव डिभिजन वन कार्यालय पथरीका प्रमुख सुरेन्द्रकुमार कार्कीले बताए ।

प्रकाशित मिति: बैशाख २४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend