Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानका उपकुलपतिलाई अल्टिमेटम

हाम्रो कोशी आवाज
बैशाख २४ २०७८, शुक्रबार
धरानको बीपी प्रतिष्ठानका उपकुलपतिलाई अल्टिमेटम

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले उपकुलपतिलाई ७ दिने अल्टिमेटम दिएका छन् ।
वर्षौंदेखि प्रतिष्ठानमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरु करारमा नियुक्त नगरिएको, कोरोना जोखिम भत्ता नदिएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी कल्याण तदर्थ समितको अगुवाइमा आन्दोलनमा उत्रिएका दैनिक ज्यालादारी कर्मचारीहरुले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गरीको कार्यालयमा तालाबन्दी समेत गरेका छन् । उनीहरुले माग पूरा गर्न उपकुलपतिलाई सातदिने अल्टिमेटम दिएका छन् ।
कोभिड–१९ को भत्ता पारदर्शी गरी कार्यनुपातमा सम्पूर्णलाई वितरण गर्नुपर्ने, आव ०७६, ०७७ मा वृद्धि गरेको २० प्रतिशत तलब एक मुष्ट उपलब्ध गराउनु पर्ने, कर्मचारीहरुको आन्तरिक बढुवाको विज्ञापन फायल खोल्नुपर्ने, ज्यालादारी कर्मचारीलाई करार तथा परफरमेन्स करार गर्नुपर्ने तथा कर्मचारी कल्याण समाजको निर्वाचन तत्कालै गर्नुपर्ने माग राखि उनीहरु आन्दोलित भएका हुन् ।
कर्मचारी कल्याण तदर्थ समितिका उपाध्यक्ष किरणकुमार भट्टराईले आफ्ना मागहरु पूरा गर्ने सुनिश्चित नभएसम्म आन्दोलन नरोकिने बताए ।
उनीहरुले प्रतिष्ठानको स्वास्थ्य सेवा प्रभावकारी बनाउन नसकेको, पठनपाठन खस्किएको, सिटी, एमआरआई जस्ता अत्यावश्यक उपकरण बिग्रिएपनि त्यसको मर्मतमा ध्यान नदिएको भन्दै त्यसतर्फ पनि व्यवस्थापन पक्षको ध्यानाकर्षण गराएका छन् । तदर्थ समितिले सात दिनभित्र माग सम्बोधन नगरीए कडा संघर्षका कदम चाल्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति: बैशाख २४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend