Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मारवाडीको योगदान

हाम्रो कोशी आवाज
बैशाख २४ २०७८, शुक्रबार
धरानमा मारवाडीको योगदान

धरानः धरानमा संक्रमितका आफन्तका लागि कुरुवा घर निर्माण गरिने भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको कोभिड अस्पतालमा बिरामीको आफन्तलाई लक्षित गर्दै अस्थायी कुरुवा घर निर्माण गरिने भएको हो ।
शुक्रबार धरान उपमहानगरपालिकाको मेयर तिलक राईको अगुवाईमा कोभिड अस्पतालमा रहेका बिरामीको आफन्तका लागि कुरुवा घर निर्माण गरिने भएको हो । कोभिड अस्पतालमा बिरामी कुरुवा घर नभएको कारण बिरामीको आफन्तलाई समस्या भएको जनगुनासो आएपछि कोभिड अस्पताल पछाडि रहेको खाली जग्गामा अस्थायी ट्रष्टको कुरुवा निर्माण गरिन लागेको नेपाली कांग्रेस धरानका सचिव श्याम पोखरेलले जानकारी दिए ।
सचिव पोखरेलका अनुसार बीपी प्रतिष्ठानसँग समन्वय गरी धरानमा मानवीय र सामाजिक कार्यमा सधै त्रियाशील रहेका मारवाडी सेवा समिति र नेपाल अग्रवालको सहकार्यमा कुरुवा घर निर्माण गरिने भएको हो । अस्थायी बिरामी कुरुवा घर १८ फिट चौडाई र ८० फिट लम्बाईको हल, शौचालय र स्नान कोठासहितको सुविधा सम्पन्न हुनेछ ।
मारवाडी सेवा समाजका अध्यक्ष अनिल अग्रवालका अनुसार कुरुवा घर निर्माणका लागि इञ्जिनियरले स्टिमेट तयार पार्छ । त्यही अनुसार भोली (शनिबार) बाट भवन निर्माण सुरु गरिने छ । उनले भने, ‘बिरामी कुरुवा घर यहाँ पहिला नै निर्माण गर्नुपरथ्यो, हामी ढिला भयौं, भोलीबाट निर्माण कार्य सुरु भयो भने हप्ता दशदिनमा सकिन्छ ।’ निर्माण सम्पन्न भएपछि कोभिड संक्रमितका आफन्तका लागि विरुवा कुरुवा घरले केही हदसम्म सहज वातावारण सिर्जना गर्ने उनले बताए । ‘बिरामी कुरुवा घर निर्माणका खर्च कति लाग्छ भनेर टुंगो लागेको छैन,’ उनले भने । उनका अनुसार कुरुवा घरको स्टिमेट तयार पार्न धरान उपमहानगर वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठ र बीपी प्रतिष्ठानका इञ्जिनियर निर्मल अधिकारीलाई दिइएको छ ।
भवन निर्माण हुने जग्गाको स्थलगत अनुगमन गर्न धरान उपमहानगरका मेयरसहित, प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल, मारवाडी सेवा समाज र नेपाल अग्रवालका प्रतिनिधिहरु मोतिलाल अग्रवाल, अनिल अग्रवाल, पवन अग्रवाल, अस्पताल निर्देशक डा. गौरी शंकर शाह, नेपाली कांग्रेस धरानका सचिव युवराज शंकर पुगेका थिए । यसैबीच, धरान उपमहानगरपालिकाले अक्सिजनसहितको २५ शय्याको आइसोलेसन सञ्चालनको तयारी थालेको छ । धरान १९ को हरियाली सामुदायिक वन उपभोक्ता समितिको भवनमा आइसोलेसन सञ्चालन गर्ने निर्णय भएको जनाइएको छ ।
पहिलो चरणमा २५ शय्याको महिला पुरुष दुवैका लागि तयारी गरिने पछि ५० शय्या सम्मको आइसोलेसन सञ्चालन गरिने छ । त्यसमा सम्पूर्ण सामाग्री र स्वास्थ्यकर्मी, एम्बुलेन्सको व्यवस्थापन धरान उपमहानगरपालिकाले गर्ने छ । आइसोलेसनमा पत्रकाहरुका लागि पनि छुट्टै केही शय्या तयारी अवस्थामा राखिने बताइएको छ ।

प्रकाशित मिति: बैशाख २४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend