सुनसरीः सुनसरीको दुई पत्रकारलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।
सामाचार लेखेको आरोप लगाउँदै प्रदेश पाना र जनसतावदी दैनिकका सम्पादक दीपेन्द्र यादव र नागरिक अभियान डककमका पत्रकार विवेक मेहतालाई ज्यान मार्ने धम्की आएको हो ।
वैशाख २७ गते पत्रकार यादवलाई मोबाइल नम्बर ९८०२०९४३९३ बाट गालीगलौज गर्दै ज्यान मार्ने धम्की आएको पत्रकारले जानकारी दिएका छन् । त्यस्तै, मेहतालाई नागरिक अभियानको फेसबुक पेजको म्यासेन्जरमा समाचार किन लेखेको भन्दै ज्यान मार्ने धम्की आएको पत्रकारले बताएका छन् ।
उनीहरुले डा.इसराइल मन्सुरीविरुद्ध समाचार लेखेको भन्दै धम्की आएको जानकारी दिएका छन् । धम्की आएपछि दुवै पत्रकारले फेसबुकमा आफूहरुमाथि धम्की आएको सार्वजनिक समेत गरेका छन् ।
पत्रकारहरुले घटनाको बारेमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई जानकारी गराएका छन् । प्रजिअ ढकालले धम्की दिनेलाई कारवाही गर्ने र त्यसको बारेमा उजुरी लिएर आउन भनेका छन् । प्रजिअ ढकालले कोही पनि नागरिक वा पत्रकार लोकतन्त्रमा असुरक्षित नहुने र त्यसो गतिविधि गर्ने वा धम्की दिनलाई छुट नहुने प्रतिक्रिया दिए । यसबारेमा बुझ्दा डा. मन्सरीले भने आफूले धम्की नदिएको प्रतिक्रिया दिएका छन् । ‘यदि म दोषी भए र आफूले धम्की दिएको भए रेकर्डसहित आउनु’, उनले भने, ‘यदि धम्की दिएको रेकर्ड सार्वजनिक गरे जस्तोसुकै कारवाही भोग्न तयार छु ।’
केही समयअघि दुई पत्रकारले भोक्राहा नर्सिङ गाउँपालिकामा भवन बन्दै गरेको विषयमा समाचार लेखेको उनले जानकारी दिए ।