धरानः बहराइनको राजपरिवारका सदस्यको टोली विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेको छ ।
बहराइनका राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहित १६ सदस्यीय टोलीले पाइला टेकेका हुन् ।
राजपरिवारको टोली बिहान ६ः४० बजे विश्वको सर्वोच्च शिखर सफल आरोहण गरेको नेपाल पर्यटन विभागकी महानिर्देशक मीरा आचार्यले जानकारी दिइन् । विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोको नयाँ उचाई ८८४८.८६ मिटर भएपछि भएको यो दोस्रो आरोहणसमेत हो । उक्त आरोहण टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स)मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती छन् ।