धनकुटाः धनकुटाको धनकुटा नगरपालिका–५ बाल मन्दिरस्थितमा बस्ने राजु श्रेष्ठको छोरा १० वर्षीय सञ्जोग श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ ।
सोमबार बेलुका ६ बजे आफ्नै घरमा बिजुलीको होल्डरमा भल्व लगाउने क्रममा करेन्ट लागेर घाइते भएका बालकको जिल्ला अस्पताल धनकुटमा उपचारको क्रममा बेलुका सवा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।