Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सिटी सफारी दुर्घटनामा बालिका घाइते, धरानमा उपचारको क्रममा निधन

हाम्रो कोशी आवाज
बैशाख २८ २०७८, मंगलबार
सिटी सफारी दुर्घटनामा बालिका घाइते, धरानमा उपचारको क्रममा निधन

धरान: मोरङको सुन्दरहरैंचा-५ तीनपैनीस्थित भित्री सडक खण्डमा सिटी सफारी दुर्घटना हुँदा सिटीमा सवार बालिकाको मृत्यु भएको छ ।
मङ्गलबार बिहान साढे ९ बजे को१ह ७५५८ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा सफारीमा सवार रहेकी सोही स्थान बस्ने रुद्र खड्काको छोरी ५ वर्षीय बालिका रविना खड्का घाइते भएकी थिइन् । घाइते बालिकाको धरान घोपामा उपचारको क्रममा दिउँसो ११ बजे मृत्यु भएको छ । सिटी सफारी र चालक सोही स्थानका हरि नारायण चौधरी प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै, भोजपुर पौवादुम्माङ–१ अरुणडाँडाका ३० वर्षीय निमा दावा शेर्पाको करेन्ट लागेर मृत्यु भएको छ । मङ्गलबार बिहान साढे १० बजे बिजुलीको लाइन बिग्रिएकोले उनि साथीहरुसँग आफ्नै घर छेऊमा रहेको ट्रान्समिटरमा भरयाङ लगाई चढ्ने क्रममा करेन्ट लागेर अन्दाजी २५ फिट माथिबाट खस्दा घटनास्थलमा नै मृत्यु भएको छ । घटनाको बारेमा जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट टोली खटी गई थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बैशाख २८ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend