Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा बालविवाह गर्ने बेहुला र गराउने पक्राउ

हाम्रो कोशी आवाज
बैशाख २८ २०७८, मंगलबार
सुनसरीमा बालविवाह गर्ने बेहुला र गराउने पक्राउ

सुनसरीः सुनसरीको देवानगन्ज गाउँपालिका–५ बाट बालविवाह गर्ने बेहुला र विवाह गराउनेलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–४ घर भएका २६ वर्षीय मिथिलेश पाल र उनका सानोबुवा फूलचन पाल छन् । देवानगञ्ज–१ घर भएकी १८ वर्षीय कल्पनाकुमारी पाल र मिथिलेश पालको बीचमा विवाह हुँदै थियो । प्रहरीले उनिहरुलाई विवाह मण्डपबाट पक्राउ गरेको हो ।
उनीहरुको विवाह कार्यक्रम फूलचन पालको घरमा हुँदै थियो । २० वर्ष पूरा नभई विवाह गरेमा ३ वर्ष कैद वा ३० हजार जरिवाना हुने कानुनी व्यवस्था छ । विवाहसम्बन्धी कसुरमा म्याद लिएर आरोपीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख २८ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend