Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीका दुई पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कारवाही गर्न माग

हाम्रो कोशी आवाज
बैशाख २९ २०७८, बुधबार
सुनसरीका दुई पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कारवाही गर्न माग

सुनसरीः सुनसरीको दुई पत्रकारलाई ज्यान मार्ने धम्की दिएको प्रेस चौतारी नेपाल जिल्ला कार्य समिति सुनसरीले घोर भत्र्सना गरेको छ ।
समाचार लेखेकै भरमा ज्यान मार्ने धम्की दिनु प्रेस स्वतन्त्रता र लोकतन्त्रविरुद्धको मात्र होइन यो मौलिक हकको हनन र अपराध भएको जनाउँदै चौतारीले समाचारमा चित्त नबुझे कानुनी उपचार खोज्न पाइने हक हुँदाहुँदै ज्यान मार्ने धम्की निन्दनीय हो भनेको छ । चौतारीले सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही गर्न माग समेत गरेको छ ।
सामाचार लेखेको जनाउँदै प्रदेश पाना र जनसतावदी दैनिकका सम्पादक दीपेन्द्र यादव र नागरिक अभियान डककमका पत्रकार विवेक मेहतालाई ज्यान मार्ने धम्की आएको थियो ।
वैशाख २७ गते पत्रकार यादवलाई र मेहतालाई नागरिक अभियानको फेसबुक पेजको म्यासेन्जरमा समाचार किन लेखेको भन्दै ज्यान मार्ने धम्की आएको उनीहरुले बताएका छन् ।
उनीहरुले डा.इसराइल मन्सुरीविरुद्ध समाचार लेखेको भन्दै धम्की आएको जानकारी दिएका छन् । डा. मन्सरीले भने आफूले धम्की नदिएको बताउँदै आएका छन् ।

प्रकाशित मिति: बैशाख २९ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend