Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङमा बन्दै ‘दक्षिण एसियाकै नमूना’ वन्यजन्तु अध्ययन केन्द्र

हाम्रो कोशी आवाज
बैशाख २९ २०७८, बुधबार
ताप्लेजुङमा बन्दै ‘दक्षिण एसियाकै नमूना’ वन्यजन्तु अध्ययन केन्द्र

ताप्लेजुङः ताप्लेजुङमा वन तथा वन्यजन्तु अध्ययन केन्द्र बन्ने भएको छ ।
अहिले ८० प्रतिशत काम सकिएको छ । सो केन्द्रलाई ‘दक्षिण एसियाकै नमूना’ का रुपमा मानिनेछ । नेपालीमात्र नभएर विदेशीका लागि पनि वन तथा वन्यजन्तुका बारेमा अध्ययन गर्न यो भवन दक्षिण एसियाकै नमूना हुने विश्वास लिएको छ ।
जैविक विविधता, वन तथा वन्यजन्तु अध्ययन केन्द्र स्थापना गर्ने उद्देश्यले एकीकृत संरक्षण स्रोत केन्द्रको भवन निर्माण भइरहेको छ । हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा सो केन्द्रको भवन निर्माण हुँदै गरेको मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए ।
भवनको काम यही जेठ २२ गतेसम्ममा सम्पन्न हुने सम्झौता भएको छ । एक करोड ५० लाख रुपैयाँको ठेक्कामा निर्माण सुरु गरिएको भए पनि अहिलेसम्म एक करोड ७५ लाख रुपैयाँ सकिएको ठेकेदार कम्पनीका अमृत भट्टराईले बताएका छन् ।
देउराली भित्री सामुदायिक वन उपभोक्ता समिति सचिव पासाङरीता शेर्पाले भवन बनेपछि वन र वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । लेकाली जीवनशैली, भाषा, संस्कार र संस्कृति, रहनसहन, खेतीपाती, खानपान, शेर्पा समुदायको स्याब्रु नृत्य र लिम्बू समुदायको च्याब्रुङ नृत्यलगायतका विविधताको संरक्षणका लागि यो केन्द्र योग्य साबित हुने विश्वास लिइएको छ ।
काठमाडौस्थित एसएनपी निर्माण व्यवसायीले निर्माण गरिरहेको सो भवनको अङ्ग्रेजी अक्षर एल आकारको जग बसेको छ । वातारणमैत्री भवन भएकाले जैविक सामग्री प्रयोग गरिएको छ ।
गोवर, खरानी, अण्डाको खोल, शुद्ध तोरीको तेल, चुना, माटो, परालको टुक्रालाई मुछेर स्रोत केन्द्रको निर्माणमा प्रयोग गरिएको छ । स्थानीय स्तरमा भएको जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवाको प्रवद्र्धन तथा सदुपयोग गर्न, पर्यापर्यटन व्यवसाय सञ्चालन गरी वन उपभोक्ता समूहको आयआर्जनका स्रोत स्थापित गर्न तथा महत्वपूर्ण जडिबुटी, रेडपाण्डा र संरक्षित जंगली जनावर, पक्षी र दुर्लभ प्रजातिको प्रदर्शनी थलो बनाउन केन्द्र प्रभावकारी विश्वास लिइएको छ ।
विसं २०७६ मङ्सिर देखि भवनको निर्माण कार्य सुरु भएको हो । गत असार मसान्तमा सम्पन्न हुनुपर्नेमा कोरोना महामारीका कारण लामो समयको लकडाउनले तोकिएको समयमा पूरा गर्न सकिएको थिएन ।

प्रकाशित मिति: बैशाख २९ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend