Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एकै घरका तीन दिदीबहिनीले चुमे सगरमाथा

हाम्रो कोशी आवाज
बैशाख ३० २०७८, बिहिबार
एकै घरका तीन दिदीबहिनीले चुमे सगरमाथा

धरानः सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखा जिल्लाको एकै परिवारका तीन दिदीबहिनीले विश्वको सगरमाथाको आरोहण गर्न सफल भएकामा बधाई ज्ञापन गरेका छन् ।
दोलखा, गौरीशंकर गाउँपालिका–९ बेदिङका निमाजाङ्बु (३०वर्ष), छिरिङनाम्गे (२६वर्ष) र दावाफुटी शेर्पा (२४वर्ष) आज बिहान सर्वाेच्च शिखरमा पुग्न सफल भएका हुन् ।
“एकै परिवारका तीन छोरी सगरमाथाको चुचुरामा पुग्न सफल भएका छन्, मलाई असाध्यै खुशी लागेको छ, म हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु”, मन्त्री गुरुङले भने, “तीन वर्षभित्र सात वटै महादेशका हिमाल चढेर विश्व रेकर्ड कायम राख्ने उहाँहरुको योजना पूरा होस् ।”
सगरमाथा आरोहणका लागि काठमाडौंँबाट जाने क्रममा यही वैशाख २ गते राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सरकारका प्रवक्ता गुरुङले उनीहरुलाई शुभकामना दिएका थिए ।
सोही गाउँका पेम्बादोर्जे शेर्पाले बुधबार बिहान ७ बजे २१ औंँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । ड्रिमर्स डेष्टिनेशन ट्रेक एण्ड एक्सपिडिशनका अनुसार पेम्बाले ‘विश्व शान्ति र वातावरण बचाऔँँ’ भन्ने सन्देशका साथ सगरमाथा चढेका हुन् ।

प्रकाशित मिति: बैशाख ३० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend