Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जो २० वर्षदेखि हराइरहेका थिए

हाम्रो कोशी आवाज
बैशाख ३१ २०७८, शुक्रबार
जो २० वर्षदेखि हराइरहेका थिए

बिर्तामोडः झापा बुद्धशान्ति–१ देउराली निवासी पूर्णबहादुर राई र नरमाया राईका माइला छोरा राजन राई (राजु) २०५८ सालदेखि बेपत्ता भए ।
बेपत्ता भएको यतिका वर्ष भइसक्दा परिवारले उनी फेरि घर आउलान् भन्ने आशा मारिसकेको थियो । अझ भन्ने हो भने उनी बाँचेका छन् भन्ने कुरामा पनि विश्वास थिएन सायद कसैलाई ।
तर सामाजिक सञ्चालको माध्यमबाट २० वर्षदेखि हराएका राजन परिवारको सम्पर्कमा मात्र आएनन् शुक्रबार घर नै आइपुगेका छन् । घर आउँदा उनको परिवारमा मात्रै होइन यतिबेला सिङ्गो गाउँमै खुशीयाली छाएको छ ।
मुम्बईको एक अस्पतालमा बेवारिसे अवस्थामा रहेका राजनको बारेमा सामाजिक सञ्जालमा शेख अली नैसेनले भिडियो अपलोड गरे । त्यो भिडियो भाइरस बन्यो अन्ततः परिवारले थाहा पाए । त्यो बेला परिवारमा खुसीको सीमा नै रहेन । उनलाई मुम्बईबाट घर ल्याउन विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरयो । सबैको सहयोगले उनी २० वर्षअघि छाडेर गएको घर आइपुगेका छन् ।
राजन राई (राजु) उद्दार तथा उपचार समूहका संयोजक प्रकाश भण्डारीले भने ‘राजनलाई पहिलोपटक भेट्टाएर सामाजिक सञ्जालमा खोजीका लागि भिडियो अपलोड गर्ने सेख अलि नैसेन, मुम्बई बसोबास गर्दै आएका देवी गिरी, विवेक भण्डारी, अमेरिकामा रहेका दुर्गा मगरलगायत सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरु धन्यवादका पात्र हुनुहुन्छ ।’
तर उनी तन्दुरुस्त भने छैनन् । उनलाई प्यारालाइसिस भएको परिवारले बताएको छ । उनलाई थप उपचारको आवश्यकता परेको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर त्यो परिवारका लागि उनको उपचार फलामको चिउरा चपाउनु जस्तै छ ।
बुधबारे जेसीजका पूर्व अध्यक्ष समेत रहेका भण्डारीको संयोजकत्वमा राजन राई (राजु) उद्दार तथा उपचार समूह गठन भएको छ । सो समूहले राजनको थप उपचारको प्रबन्ध मिलाउने बताइएको छ । उनको उपचार गर्नलाई लागि सो समूह हालै गठन भएको छ भने समूहले उपचारका लागि आर्थिक सहयोगको अपिल पनि गरेको छ ।

प्रकाशित मिति: बैशाख ३१ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend