Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मृगको टाउको र भरुवा बन्दुकसहित चारजना समातिए

हाम्रो कोशी आवाज
जेष्ठ २ २०७८, आइतबार
मृगको टाउको र भरुवा बन्दुकसहित चारजना समातिए

खोटाङः खोटाङ हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी स्थितबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामग्रीसहित ४ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ४२ वर्षीय डम्बरबहादुर कार्की, ३५ वर्षीय दोर्ण कार्की, २६ वर्षीय रविन्द्र कार्की र ७४ वर्षीय कृष्ण विक रहेका छन् ।
शनिबार राति १० बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक सहितको टोली खटी गई डम्बर, दोर्ण र रविन्द्रलाई भरुवा बन्दुक थान ३, मरेको मृगको टाउको, सालकको खपेटा र भरुवा बन्दुकमा प्रयोग हुने सलाई, सोडा, गन्धक, छर्रा लगायतका पदार्थहरुसहित नियन्त्रणमा लिएको छ ।
विकलाई भरुवा बन्दुकको नाल थान ५, भरुवा बन्दुकको बट थान १ लगायत भरुवा बन्दुक बनाउन प्रयोग हुने औजारहरुसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका ४ जना उपर जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ २ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend