Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भारतले कोरोनाको खाने औषधि बनायो, आज ‘लन्च’ गरिने

हाम्रो कोशी आवाज
जेष्ठ ३ २०७८, सोमबार
भारतले कोरोनाको खाने औषधि बनायो, आज ‘लन्च’ गरिने

धरानः कोरोनाविरुद्ध खोप लगाउने क्रम चलिरहेका बेला भारतले यसका बिरामीका लागि खाने औषधि पनि बनाएको छ । भारतमा कोरोना संक्रमणविरुद्ध खोपको साटो खाने औषधि तयार भएको छ । औषधिको आज शुभारम्भ गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
कोरोना संक्रमणविरुद्ध भारतले बनाएको खाने औषधि ‘२–डीजी’ लन्च (शुभारम्भ) गरिँदैछ । आज साढे १० बजे भारतीय रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्षवद्र्धनले सो औषधि शुभारम्भ गर्न लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले विकास गरेको हो । यो औषधि कोरोनािविरूद्ध खोपको सट्टा मुखबाट सेवन गर्न मिल्ने बताइएको छ ।
नवभारत टाइम्सका अनुसार शुभारम्भछि एक–दुई दिनमै कोरोना संक्रमित सर्वसाधारणका लागि यो औषधि उपलब्ध गराइनेछ । हाल हैदरावादस्थित डा. रेड्डिज प्रयोगशालामा यो औषधिको १० हजार डोज उत्पादन भएर तयारी अवस्थामा रहेको बताइएको छ ।
कोसिड–१९ को मध्यम र गम्भीर लक्षण भएका बिरामीहरूमा यस औषधिको आपतकालीन प्रयोगलाई यसै महिनाको शुरूमा भारतीय रक्षा मन्त्रालयले अनुमति पाइसकिएको बताएको थियो । ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाले सो प्रयोगका लागि अनुमति प्रदान गरेको हो । कोरोनाका नयाँ केसहरुमा लगातार भएको वृद्धिलाई ध्यानमा राखी यस औषधिको आपतकालीन प्रयोगका लागि अनुमति दिइएको थियो ।
भारतको रक्षा अनुसन्धान एवं विकास संगठनले कोरोना संक्रमणविरुद्ध पाउडर औषधि विकास गरेको हो । जसलाई कोरोनाका बिरामीले पानीमा घोलेर खान सक्छन् ।
यो औषधि तीन चरणमा परीक्षण गर्दा प्रभावकारी पाइएपछि आपतकालीन प्रयोगका लागि अनुमति दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार शुभारम्भछि एक दुई दिनमा कोरोना संक्रमितका लागि यो औषधि उपलब्ध गराइनेछ ।
कोरोना संक्रमणविरुद्ध नजिकैको छिमेकी मुलुकमा बनेको खाने औषधि नेपाल पनि आइपुग्ने आशा गर्न सकिन्छ ।

प्रकाशित मिति: जेष्ठ ३ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend