Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लकडाउनमा पैदल हिँडिरहेका युवामाथि चेकजाँच गर्दा ब्राउनसुगर फेला

हाम्रो कोशी आवाज
जेष्ठ ३ २०७८, सोमबार
लकडाउनमा पैदल हिँडिरहेका युवामाथि चेकजाँच गर्दा ब्राउनसुगर फेला

बिर्तामोडः झापाको झापा गाँउपालिका–२ स्थितबाट लागूऔषध खैरोहिरोइन ब्राउनसुगरसहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा गाँउपालिका–२ का २२ वर्षीय रोशन भुजेल, २१ वर्षीय साजन लिम्बू र ताप्लेजुङ सिरिजंङ्गा–१ का १९ वर्षीय प्रताप लिम्बू रहेका छन् ।
पैदल हिँडिरहेका तीनैजनालाई आइतबार राति साढे ८ बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट ५३० मिलिग्राम खैरोहिरोइन ब्राउनसुगर, ब्राउनसुगर नाप्ने डिजिटल तराजु २ थान र नगद ५९ हजार समेत फेला पारी बरामद गरेको हो । यसरी ब्राउनसुगरसहित पक्राउ परेका तीनैजना उपर जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ ३ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend