धरानः धरानमा ७० वर्षीय संक्रमित महिलाको मृत्यु भएको छ ।
सुरुङ्गा-१ सप्तरीकी महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ३१ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत १ गते नै अस्पताल भर्ना भएकी थिइन् ।
उनी दीर्घरोगी थिइन् । उनमा उच्च रक्तचापको समस्या थियो । सोमबार ७ः४५ बजे नै उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए ।
शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए । शीर्षक अन्यथा भएकोले सच्याइएको छ ।