Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरी आइपुग्यो मकै सखाप बनाउने फौजी किरा

हाम्रो कोशी आवाज
जेष्ठ ३ २०७८, सोमबार
सुनसरी आइपुग्यो मकै सखाप बनाउने फौजी किरा

धरानः सुनसरीमा फौजी किराले मकै सखाप बनाउन थालेपछि यस वर्ष पनि किसान चिन्तित बन्न थालेका छन् । गोड्ने भएका मकैमा फौजी किराले आक्रमण गरेपछि बाली उत्पादनमा ह्रास हुने चिन्ता बढेको छ ।
सुनसरीमा अघिल्लो वर्ष जस्तै यसपालि पनि विभिन्न स्थानमा लगाइएको मकै वालीमा फौजी किराको प्रकोप देखिएको छ ।
पकेट क्षेत्रको रुपमा रहेको जिल्लाको प्रकाशपुर, भोक्रहा, देवानगञ्ज, लोकही, महेन्द्रनगर, लगायतका स्थानमा लगाइएको मकैमा फौजी किराको प्रकोप देखिएको हो ।
बाहिरवाट मकै पुस्ट देखिएपनि घोगामा दाना नहुने समस्या रहेको कृषकहरुले बताएका छन् । किरा नियन्त्रणका लागि स्थानीय निकायका प्राविधिकहरुसँग व्यापक छलफल भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख नुनुलाल उरावले बताए । किराले गुबो खाइदिएपछि बोट बढ्न नपाएको किसानको गुनासो छ ।
‘प्रत्येक बोटभित्र किरा छन् । गुबो र पात खाइदिएका छन्,’ स्थानीय किसान इन्द्र चौधरीले भने, ‘बोटहरू बढ्ने अवस्थामा छैनन् । गोड्ने भएका मकै हेर्नलायक छैनन् । किराले सबै सखाप पारिसक्यो ।’ सबैतिर फैलिएकाले किरा नियन्त्रणमा समस्या भएको किसानले बताए ।
जिल्लाका सबैजसो क्षेत्रमा फौजी किरा प्रकोपका रूपमा फैलिएको प्रमुख उरावले जानकारी दिए । केही वर्ष भारतमा देखिएको र गत वर्ष नेपालमा छ भन्ने पुष्टि भएको उनको भनाइ छ । यसले बोट नै नष्ट गर्ने भएकाले उत्पादनमा असर पर्न सक्ने उनको भनाइ छ ।

प्रकाशित मिति: जेष्ठ ३ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend