Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

किशोरीसहित धरानको होटलमा भेटिएका गाउँपालिका अध्यक्ष झुम्का कारागार चलान

हाम्रो कोशी आवाज
जेष्ठ ३ २०७८, सोमबार
किशोरीसहित धरानको होटलमा भेटिएका गाउँपालिका अध्यक्ष झुम्का कारागार चलान

धरानः धरानमा किशोरीसहित होटलमा भेटिएका गाउँपालिका अध्यक्ष पुर्पक्षका लागि कारागार चलान भएका छन्।
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष पुर्पक्षका लागि कारागार चलान भएका हुन् । गाउँपालिका अध्यक्ष महेन्द्र यादवलाई सोमबार जिल्ला अदालत सुनसरीका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । जिल्ला अदालतको आदेशसँगै यादवलाई थुनामा राख्नका लागि क्षेत्रीय कारागार झुम्का लगिएको जनाइएको छ ।
१७ किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । पीडित पक्षको किटानी जाहेरी, प्रहरी प्रतिवेदन, पीडितको स्वास्थ्य परीक्षण, घटनास्थलको अवस्थाको आधारमा थप अनुसन्धान गर्नुपर्ने भन्दै उनलाई कारागार चलान गरिएको जनाइएको छ । यादवलाई इलाका प्रहरी कार्यालय धरानको टोलीले गत वैशाख ८ गते साँझ धरानको एक होटलबाट पक्राउ गरेको थियो ।
सरकारी गाडीमा किशोरीसहित पुगेका उनलाई स्थानीयबासीको खबरपछि पक्राउ गरिएको थियो । यादवले लामो समयदेखि इटहरी घर भएकी बालिकालाई जागिर लगाइदिने प्रलोभन दिएर करणी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ ३ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend