Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फेरि जंगली हात्तीले श्याम राईको ज्यान लियो

हाम्रो कोशी आवाज
जेष्ठ ४ २०७८, मंगलबार
फेरि जंगली हात्तीले श्याम राईको ज्यान लियो

बिर्तामोडः झापाको मेचीनगर–९ का ४५ वर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।
सोमबार राति साढे १२ बजे मागुरमाणी सामुदायिक वनबाट जंगली हात्ती आई गाउँ पसेकोले खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी घाइते बनाएको थियो ।
घाइतेको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा सोही राति सवा २ बजे मृत्यु भएको हो । हात्तीलाई प्रहरी र स्थानीयबासीको सहयोगमा जंगलतर्फ लखेटिएको छ ।
यस्तै, मोरङको बुढीगंगा गाउँपालिका ३ गोकुवा चोकस्थित कोशी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थान का ५० वर्षीय बालकुमार बस्नेत रहेका छन् । सोमबार बेलुका पौने ८ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र१–०२–०४५प६०८७ नम्बरको मोटरसाइकलले ठक्कर दिई घाइते भएका बस्नेतको विराट मेडिकल कलेजगंगा चौकमा उपचारको क्रममा सोही दिन राति ९ बजे मृत्यु भएको हो ।
सो दुर्घटनामा मोटरसाइकल चालक सुनसरी इटहरी–७ का २५ वर्षीय समराज्य चौधरी समेत घाइते भई सोही अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ ४ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend