धरानः जङ्गली च्याउ खाँदा एकैपरिवारका ७ जना गम्भीर बनेका छन् ।
जङ्गली च्याउ खाँदा मोरङ सुन्दरहरैंचा-५ का एकै परिवारका ७ जना गम्भीर घाइते भएका हुन् । उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
मङ्गलबार राति च्याउ खाएर ५० वर्षीय पररा ऋषिदेव, उनकी श्रीमती ४० वर्षीय डोलिया ऋषिदेव, भतिज वर्ष ३५ का रामचन्द्र ऋषिदेव, १९ वर्षका माइला छोरा सन्तोष ६ वर्षका अर्का छोरा अजय नातीहरु ७ वर्षका अर्जुन तथा ५ वर्षका रविन ऋषिदेव रहेका छन् ।
जङ्गलबाट दाउरा खोज्न पुगेको र च्याउ टिपेर ल्याई बेलुकाको खानासँग तरकारी बनाएर खाएको उनीहरुले बताएका छन् । खाना खाएको आधा घन्टामा परिवारले नै बान्ता गर्न थालेपछि राति नै उपचारका लागि बीपी प्रतिष्ठान ल्याइएको थियो ।
च्याउको तरकारी नखाएकी परराका बुहारी काजल ऋषिदेव भने सकुशल रहेकी छन् । उता उपचाररत उनीहरुसँग औषधी खरिद गर्ने पैसा समेत नभएपछि पत्रकार भरतराज शर्माले आवश्यक औषधि खरिद गरिदिएको उनले जानकारी दिए ।