सोलुखुम्बुः सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ को बेसक्याम्प–२ मा पुगेर आधार शिविरतर्फ फर्कने क्रममा हिउँमा चिप्लेर एकजनाको मृत्यु भएको छ ।
मंगलबार बिहान आधार शिविरबाट फर्कदै गरेका संखुवासभा याम्फुका २८ वर्षीय पेम्बा टाँसी शेर्पाको हिँउमा चिप्लिएर लड्दा मृत्यु भएको हो । मृतक शेर्पाको शव निजकै साथीहरुले उद्दार गरी आधार शिविरमा राखेको तथा हेलिकोप्टरमार्फत् लुक्लातर्फ लगिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।